ईटहरी/ अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् । बुधबार उनले आफ्नो छोरीको तस्बीर फेसबुकमा सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन् ।

गर्भवती भएको सार्बजनिक गरेपनि यसअघि रक्षाले आफू आमा बनिसकेको कुरा भने सामाजिक संजालबाट सार्बजनिक गरेकी थिइनन् । यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।

सोही समाचारको खण्डन गर्दै रक्षाले आफू आमा बनेको खबर बाहिर नल्याइ नै छोरा जन्माएको भन्दै भ्रामक समाचार छापिएको उनले बताएकी छन् । उनको बिवाह समेत चर्चाविनै भएको थियो । उनले आफ्नो छोरीको नाम माहिरा गुरुङ राखेको पनि बताएकी छन् । रक्षा लामो समय देखि हास्य टेलिचलचित्र भद्रगोल पछि सक्किगोनीमा अभिनय गर्दै आएकी छन् । गर्भवती भएको थाहा पाएपछि रक्षाले ‘डान्सिङ विथ द स्टार्स नेपाल’ प्रतियोगिता छाडेकी थिइन् ।

तपाईको प्रतिक्रिया