ईटहरी/ नेपाली संगीत उधोगको लागि संगीत तथा भिडियो स्टोर गर्ने एउटा गतिलो माध्यम बनेको छ युट्युब । नया तथा पुराना गीतहरु सजिलै भेटिने भनेको युट्युबमै हो, यतिसम्मकी कतिपय पुराना गीतहरुको अफिसियल भिडियो त युट्युबमा समेत भेटिदैन । यसैले पनि पुराना गीतहरुलाई नया स्वरुप दिदै पछिल्लो समय युट्युबमा अप्लोड गर्ने प्रचलन बढेको छ ।

यसैको ज्वलन्त उदाहरण हो ‘तिम्रो मन बद्लिएछ’ । एक जमानाको अडियोमै हिट गीत हो यो । अहिले गीत हिट हुन भिडियो अनिवार्य छ, तर आजभन्दा २० बर्ष अगाडी बनेको यो गीत अडियो नै हिट बन्यो । युट्युबमा सो बेलाको गीतको म्युजिक भिडियो खोज्ने हो भने भेटिदैन । यतिबेला भने अडियो केही परिमार्जित गर्दै उच्च गुणस्तरको भिडियो सहित युट्युबमा सार्बजनिक गरिएको छ । सम्भवत गायक ‘यश कुमार’ भनेर चिनाउने गीत नै यहि हो । हेर्नुस् परिमार्जित नया गीतको भिडियो ।

यश कुमारको स्वरसंगै यो गीत गाउन गायिका मिलन नेवारले साथ दिएकी छन् । पुरानो गीतमा भने उनलाई गायिका सपना श्रीले साथ दिएकी थिइन् । भुपेन्द्र ब्रजाचार्यले ओरजिनल गीतको एरेन्ज गरेका थिए भने परिमार्जित भएर आएको गीतमा भने देवेश राईले एरेन्ज गरेका छन् । शब्द गायक यश कुमारले नै लेखेका हुन् । सार्बजनिक गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त सागर लम्साल ‘बले’, प्रीज्मा खतिवडा र प्रीन्सी खतिवडाको अभिनय रहेको छ ।

यी ३ जनाको भिडियोमा त्रिकोणात्मक प्रेमकहानी झल्काइएको छ । आकाश कार्की, जीवन नेपाल, रेश्मा बुढाथोकी र बाल कलाकार अरोन निरौलालाई पनि भिडियोमा फिचर्ड गरिएको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियो सम्पादन बिकाश धमलाले गरेका हुन् । बले ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियोमा समाबेश गरिएको स्टोरिलाई समेत दर्शकले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया