ईटहरी/ देश आधुनिकीकरणमा भिज्दै गर्दा नेपाली मौलिक चाडपर्व पनि साघुरिदै गएको छ । हरेक वर्ष चाडपर्वको महत्त्व घटिरहेको महसुस गर्न सकिन्छ । यता, कोरोना महामारी सुरुभएदेखी त दशै-तिहार, तिज लगायतका विशेष चाडपर्व खुलेर मनाउन पाईरहेको अवस्था छैन् । यस्तैमा हिन्दु नेपाली महिलाहरूको महान पर्वको रुपमा रहेको तीज नजिकिदै छ । तीज आउन अझै २ महिना बाकी रहदा सो संगै सम्बन्धित गीतहरु भने छायांकन तथा सार्बजनिक हुन थालेको छ ।

जमघट तथा सास्कृतिक कार्यक्रम गतवर्ष देखिनै कोरोनाका कारण गर्न नसकिएपछी यहि युट्युबमा आउने गीतमा मात्रै सिमित छ तीज । यतिबेला दैनिक जसो तीजका गीत छायांकन तथा युट्युबमा सार्बजनिक भैरहेका छन् । यस्तैमा ‘यसपालिको तीज’ बोलको गीत पनि सार्बजनिक भएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

यो गीत गतवर्ष गायक तथा मोडल दुर्गेश थापाले सार्बजनिक गरेका थिए । उनैले गीतमा स्वर दिएका थिए भने मोडल पनि दुर्गेश थापा नै । सोही गीतको यसपालि फिमेल भर्सन सार्बजनिक भएको हो । फिमेल भर्सनको अन्तिममा दुर्गेश पनि गाउदै देखिएका छन् । गीतमा समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वर रहेको छ । गीतको शब्द दुर्गेश र राम खत्रीले संयुक्त तयार गरेका हुन् । संगीत पनि दुर्गेशले नै गरेका हुन भने एरेन्ज साहस साक्यले गरेका छन् ।

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अस्मिता जुरेली, चादनी स्लियासंगै दुर्गेश समेत फिचर्ड छन् । टन्नै कोरस डान्सर राखेर भिडियोलाई आकर्षक बनाईएको छ । अर्जुन तिवारिले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । डिसिरिज नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको भिडियोलाई १ लाख ५० हजार बढि पटक हेरिएको छ भने १० हजार लाईक पाउदै ट्रेन्डिङको यात्रा समेत सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया