धरान/ मेलिना मैनालीपछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग गायक राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन् । गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राईको आवाज मा सजिएको ‘लगन’ गीतको  भिडियो समेत सार्वजनिक गरिएको छ ।

प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विबेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीले नै मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा गिटार सन्जिव सुब्बाले र रत्न विकले बाँसुरी बजाएको हो भने गीतको कोरसमा गायिका द्वय दिपा तामाङ र संगीता रानापाहेलीले स्वर दिएका छन् । हेर्नुस भिडियो

भिडियो छायांकन मनोज राई र दुर्गा बान्तवा राईले गरेका हुन् भने भिडियो सम्पादन मनोज राईले नै गरेका छन् । गायक राजेश पायल राईको आफनै अफिसियल युट्युब च्यानलमार्फत गएको गएको शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डीङ्गमा रहेको छ भने मेलिना मैनालीसंगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डीङ्गमा रहेको छ ।

तपाईको प्रतिक्रिया