ईटहरी/ यतिबेला नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरु आमा बन्ने लहर चलेको छ । अभिनेत्री रक्षा श्रेष्ठ आमा बनिसकिन् । अभिनेत्री ऋचा शर्मा र अभिनेत्री गरिमा पन्त पनि गर्भवती छन् । यता नायिका प्रियंका कार्की पनि गर्भवती छिन् । उनको गर्भवती अवस्थाको चर्चा त यति धेरै छ कि सामाजिक संजाल हरेक दिन जसो उनकै बेबि बम्प वाला तस्विरले भरिएको हुन्छ । गर्भवती अन्य अभिनेत्रीको खासै चर्चा छैन तर उनको भने गर्भवती भइन् भन्ने कुरा सामाजिक संजालमा पहिलो पटक सार्बजनिक भएदेखि अहिलेसम्म सेलाएको छैन ।

अब त झन सेलाउने कुरै भएन । सन्तानले जन्म लिने दिन नजिकिदै गर्दा कार्की बेबि विशेष अनेक अनेक कार्यक्रममा गरिरहेकी छन् । कहिले श्रीमान आयुष्मानसंग रमाउदै गरेको तर कहिले आफू एक्लै बेबि बम्प शो गरेको तस्वीर सार्बजनिक गर्छिन् । उनी पछिल्लो केही दिन यता बेबि सावर सेलिब्रेसन गरेपछिका तस्विरले चर्चामा छिन् । सो तस्विरको चर्चा सेलाउन नपाउदै यतिबेला आफ्ना नजिकका साथीहरुसंग रमाउदै गरेको तस्बिर सामाजिक संजालमा छ्याप्छ्याप्ती छरिएको छ ।

होटलमा साथिहरुसंग बिन्दास देखिएकी कार्किले स्विमिङ्ग पुलमा बोल्ड बेबि बम्प अवतार देखाएकी छन् । टिभी कार्यक्रम प्रस्तोता साहाना ब्रजाचार्य, डिजाईनर सिवाङी प्रधान, फेसन मोडल आस्था पोख्रेल लगायतका आफ्ना नजिकका साथिहरुसंग स्विमिङ्ग पुलमा बिन्दास देखिएकी हुन् । हेर्नुस् उनका सो तस्वीरहरु ।

तपाईको प्रतिक्रिया