एजेन्सी/ शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा आजकाल निकै चर्चामा छन् । सागरिका शोना सुमन नामकी मोडलले राजमाथि पो र्न फिल्म र्या के ट मा समावेश गराएको आ रो प लगाएकी छिन् । सागरिकाले दाबी गरेअनुसार लकडाउनका बेला राज कुन्द्राको कम्पनीको तर्फबाट उनलाई एउटा वेब सिरिज अफर गरिएको थियो र यसको नाममा उनीसँग न ग्न अडिसन मागेका थिए । राज कुन्द्रा वि वा द मा घेरिएको यो पहिलो घटना होइन । यसअघि उनी आइपीएल सट्टेबाजीमा दोषी पाइएका थिए ।

राजस्थान रोयल्सका सहमालिक राज कुन्द्राले केही वर्षअघि उनले आइपीएल खेलका बेला सट्टेबाजी गरेको स्विकारेका थिए । यतिबेला राज कुन्द्रालाई पक्राउ गरिएको छ । उनलाई पो र्नो ग्रा फि क फिल्म बनाएको र त्यसलाई एपमार्फत् सार्वजनिक गरेको आ रो प मा प क्रा उ गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रा इ म ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आ रो प दर्ता भएको थियो । यसको अ नु स न्धा न गर्ने क्रममा सोमबार राज कुन्द्रालाई प क्रा उ गरिएको हो । प्रहरीले राज कुन्द्रा यसमा समावेश भएको कुरामा पर्याप्त प्रमाण भएको दाबी गरेको छ ।

नेपालबाट लगेर पस्मिना सलको व्यापारः
राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो । जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा सप्लाई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए । अब राजसँग अन्य व्यापारमा हात हाल्नका लागि पर्याप्त पैसा थियो । तर राज सल निर्यात गर्नेमा मात्रै सिमित भएनन् ।

त्यसपश्चात् उनले हिराको व्यापारमा हात हाले र सफल रहे । रुस, युक्रेन र संयुक्त अरब इमिरेट्सजस्ता देशमा व्यापारिक सम्भावना हेर्दै राजले उत्खनन, रियल स्टेट र अक्षय ऊर्जाको क्षेत्रमा पनि कदम राखे । एक साधारण व्यक्तिबाट धनाढ्यसम्मको यात्रा राज कुन्द्राका लागि सहज रहेन । उदाहरणका लागि कलेजको पढाई पूरा गर्न सकेनन् र डेढ लाख भारुको पुँजीले आफ्नो व्यापार सुरु गरे ।

शिल्पा शेट्टीसँग विवाहः
सन् २००४ मा ‘सक्सेज’ पत्रिकाले उनलाई बेलायतको सबैभन्दा धनाढ्य एशियाली मूलका व्यक्तिको सूचीमा १९८ औं स्थानमा राखेको थियो । २९ वर्षका राज त्यतिबेला यो सूचीमा समावेश हुने सबैभन्दा युवा व्यक्ति थिए । यसको तीन वर्षपछि सन् २००७ मा उनी आफ्नी जेठी श्रीमतीसँग अलग्गिएका थिए । त्यसपछि उनको भेटघाट शिल्पा शेट्टीसँग भयो जो त्यतिबेला बिग ब्रदर टिभी शोमा भाग लिनका लागि लण्डन पुगेकी थिइन् । उनीहरु क्रमशः नजिकिँदै गए ।

शिल्पा र कुन्द्राले सन् २००९ नोभेमबरमा भारतमा विवाह गरे र त्यसै वर्ष राज कुन्द्राले आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशतको सेयर खरिद गरे । राज हाल दुई सन्तानका पिता हुन् र शिल्पा शेट्टी फाउन्डेशनको नामबाट एउटा च्यारिटेबल संस्था पनि चलाउँछन् । बीबीसी

तपाईको प्रतिक्रिया