ईटहरी/ भाषागत गीतहरुले राष्ट्रिय स्तरमा खासै चर्चा पाउदैन । तर, आफ्नो कला सस्कृती, भेषभुषा बचाउनकै लागि भएपनि भाषागत गीतहरु सार्बजनिक भैरहेका हुन्छन् । नेपाली राष्ट्रिय भाषापछि नेपालमा भोजपुरी र मैथिली भाषाका गीतहरुले संगीत बजारमा चर्चा पाउने गर्छ । यता थारु भाषाका गीतहरुले पनि केहिरुपमा बजार ओगटेको छ । त्यसो त अहिले म्युजिक भिडियो मोडलिङमा किङ मानिएका अभिनेता पल शाहले पनि केही थारु गीतहरुमा अभिनय गरिसकेका छन् ।

जस्ले राम्रै चर्चा बटुल्यो भने थारु भाषाप्रती आम दर्शकको चासो पनि बढ्यो । यस्तैमा अर्को एक थारु गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक ‘आपन कहबै रायत दिन’ बोलको थारु भाषाको गीतमा फणीन्द्र सुवेदी र प्रतिमा तिम्सिनाको स्वर रहेको छ । गीतमा संगीत प्रेम खड्काले गरेका छन भने रेनु चौधरीले गीत लेखेकी हुन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

केबि थापाले एरेन्ज गरेका छन् । डान्स बिटमा तयार भएको गीतको भिडियोमा पर्शुराम चौधरी र मेनुका माझीको अभिनय रहेको छ । बिगत लामो समयदेखि थारु भाषा तथा नेपाली भाषाका फिल्म निर्देशन, लेखन तथा अभिनय गर्दै आएका पर्शुराम म्युजिक भिडियोमा पनि सक्रिय छन् । उनले सुनसरीको झुम्कामा आधुनिक सिनेमा हल संचालनमा ल्याएका छन् । कोभिडका कारण यतिबेला हल बन्द छ ।

यस्तै मोडल मेनुका माझी पनि मैथिली तथा भोजपुरी संगीत उधोगको लागि परिचीत नाम हो । भाषागत दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेर लोकप्रियता कमाएकी माझिले नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । सार्बजनिक गीतको भिडियोलाई कार्तिक राजबंशीले कोरियोग्राफर तथा निर्देशन गरेका छन् भने किशोर दाहालले छायांकन गरेका हुन् । प्रवलदिप बिस्वासले सम्पादन गरेको भिडियोलाई नेपाल म्याक्सबाट पोस्ट प्रोडक्सन गरिएको छ । भिडियोलाई गायक फणीन्द्र सुबेदीको नाममा रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया