ईटहरि/ गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ। भीम विसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन् । सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् ।

‘बटौली’, ‘तीन पाते’ जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन् । नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ। मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । हेर्नुस भिडियो

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् । यस अघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ‘ऐना हेरी हेरी’को लिरिकिल भिडियो रिलिज भैसकेको छ ।

तपाईको प्रतिक्रिया