ईटहरी/ मुस्ताङ यात्रामा निस्किएको २ युवायुवतीको रोमान्चक लभस्टोरी कथा बोल्ने चलचित्र ‘प्रेमगीत’ले युट्युबमा नया रेकर्ड कायम गरेको छ । यो चलचित्रले युट्युबमा सर्बाधिक भ्युज पाएको हो । ५ वर्षअघि युट्युबमा सार्बजनिक चलचित्रले युट्युब नेपालमा हालसम्म बढी पटक हेरिएको नेपाली फिल्मको रेकर्ड कायम गरिएको हो । साउन ६ गते बेलुका यो रेकर्ड कायम भएको हो ।

यसो त हलमा प्रेमगीतका सिरिज हिट छ । ब्यापारिक हिसाबले पनि फिल्मले सफलता हासिल गरेको थियो । यतिबेला प्रेमगीत ३ प्रदर्शनको लाईनअपमा छ । तर कोभिडका कारण प्रदर्शन अन्यौलमा छ । चलचित्रलाई युट्युबमा २ करोड ५० लाख बढी पटक हेरिएको छ । अन्य कुनै नेपाली चलचित्रले यति भ्युज हालसम्म कमाउन सकेको छैन ।

सन् २०१६ को जुन १७ तारिखमा सार्बजनिक चलचित्रलाई १ लाख ५२ हजार बढिले लाईक गरेको छ । भ्युजमा चलचित्रले किर्तिमानी कायम गरेपछि चलचित्रका निर्माता सन्तोष सेनले खुशी ब्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन रोमान्स छ ।

तपाईको प्रतिक्रिया