ईटहरी/ लामो समयपछि पुर्वमिस नेपाल उषा खड्गी म्युजिक भिडियोमा देखिएकी छिन । खड्ग भट्टराईको शब्द र लोकप्रिय गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘घात गर्दा’को भिडियोमा उषा खड्गीको साथमा रामहरी खड्काको मुख्य अभिनय रहेको छ । निरोज लामाको सगीत रहेको ‘घात गर्दा’मा उषा र रामहरीलाइ अभिनयम आरुष के सी र दिपिशा कोइरालाले साथ् दिएका छन् ।

अहिलेको नेपाली समाजको यथार्थ अबस्थालाई चित्रण गरिएको भिडियो स्वयं मोडेल उषा खड्गीको जीवनमा मेल खाने किसिमको छ । लामो समयसम्म टेलिभिजन मिडियामा कार्यक्रम निर्माता, निर्देशक भएर काम गरिसकेका रामहरी खडकालाइ मोडेलको रुपमा पनि उतिकै अब्बल देखिएका छन । हेर्नुस् भिडियो ।

नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित युवा निर्देशक नितिन चन्दको निर्देशनमा बनेको भिडियोलाई ‘हाइलाइटस नेपालको’ यूट्युब च्यानल सार्वजनिक गरिएको छ । कनेक्सन एजुकेसनल इंस्टीट्यूसन द्वारा निर्मित यो भिडियो यो एउटा सांगीतिक भिडियोमात्र नभएर, अहिलेको समाजको यथार्थ स्वरुप र मानवियको झल्को दिने एउटा सानो प्रयास भएको निर्माताले बताए ।

तपाईको प्रतिक्रिया