ईटहरी/ चलचित्रमा अभिनय गर्दा ख्याती कमाएकी अभिनेत्री प्रियंका कार्की यतिबेला चलचित्र नखेल्दा पनि चर्चामा निरन्तर छिन् । आयुष्मान देशराज जोशि संग विवाह बन्धनपछि हाल आमा बन्ने सुरसारमा रहेकी उनको बेबि बम्प तस्विरले सामाजिक संजालमा निकै चर्चा सहित आलोचना खेपिरहेको छ ।

आम सामाजिक संजाल प्रयोगकर्ता तथा उनका फ्यानहरुले कार्कीको बेबी–बम्प तस्विरमाथि टीका-टिप्पणी गरिरहँदा यसमा जसपाका संघीय परिषद् अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यसमा प्रतिक्रिया दिन जोडिएका छन् । उनले बिहीबार प्रियंका कार्कीको कामको प्रशंसा गरेका छन् ।

अभिनेत्री कार्कीको कामबारे बाबुराम भट्टराई ट्वीटरमा लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !’

तपाईको प्रतिक्रिया