ईटहरी/ हास्य टेलिसिरियल ‘सक्किगोनी’की चर्चित कलाकार हुन् रक्षा श्रेष्ठ । कुमार कट्टेलको जोडीका रूपमा निकै रुचाइएकी रक्षा लामो समय सिरियलमा देखा परिनन् । आमा बन्ने भएपछि रक्षाले सिरियलबाट लामो बिदा बसिन् भने डान्सिङ विथ द स्टार नेपालमा पनि प्रतिष्पर्धीबाट रुदै बिदा भएकी थिइन् ।

१५ महिने लामो बिदा सकेर रक्षा पुनः सिरियलमा फर्किएकी छिन् । बिहिवार साँझ प्रसारण भएको ‘सक्किगोनी’को श्रृंखलामा रक्षा पनि देखिएकि हुन् । रक्षा सुत्केरी भएको २ महिना मात्रै भएको छ । उनले सामाजिक संजालबाट फ्यानहरुलाई बच्चा जन्मिएको २ महिनापछि मात्र आफ्नो जन्मदिनको अवसर पारेर छोरी भएको जानकारी गराउदै तस्वीर सार्बजनिक गरेकी थिइन् ।

बिस्तारै उनले आफ्ना बाहिरी कामहरुलाई पुनः सुरुवात गरेकि छन् । यता उनी म्युजिक भिडियो मोडलिङमा पनि फर्किएकी छन् । रक्षाले दर्शकमाझ पुनः आउन पाउँदा उत्साहित भएको भन्दै पहिलाको जस्तो सुटिङमा मात्र ध्यान केन्द्रित नहुँने र सुटिङको समयमा पनि छोरीको चिन्ता लागिरहने बताइन् ।

उनका पछिल्ला तस्वीरहरुमा संजाल प्रयोगकर्ताहरुले मोटि भनेर प्रतिक्रिया दिन थालेपछि हैरानीमा पनि परेकी छन् । उनले एक स्ट्याटस नै लेख्दै मोटि भन्नेहरुलाई दरो जवाफ समेत फर्काएकी थिइन् । तर अहिले भने सो पोस्टलाई उनले आफ्नो फेसबुकबाट हटाएकी छन् ।

तपाईको प्रतिक्रिया