हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्ग को लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ । यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।

यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ । भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ । हेर्नुस भिडियो

यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भने बल कुमार मगरले सम्पादन गरेका हुन् । गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन, क्रान्ती, लेखान्त, मेरो प्यारो माइतीघर, रिफ्यूजी, मुर्चुङ्गा, आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया