एजेन्सी/ पश्चिम अफ्रिकाको खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीको दोस्रो स्थानमा छ । उनी चार्ली डीुअमेलियोपछि दोस्रो स्थानमा छन् । लेम २१ वर्षका भए । उनको टिकटकलाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् भने एक अर्ब ३० करोडले लाइक गरेका छन् । बीबीसीका अनुसार धेरैले लेमले अमेरिकी नृत्याङ्गना डीुअमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

डीुअमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याएर पहिलो स्थान हासिल गर्ने व्यक्ति हुन् । उनको हाल एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । लेम हाल इटलीमा बस्छन् । उनी एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने । उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।


उनी रमाइला भिडियोहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन् । तर भिडिओमा उनी बोल्दैनन् । लेमका अनुसार उनको अनुहारको नाटकीय भावभङ्गि देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन । उनी फुटबल खुब हेर्छन् र कतिपय भिडिओमा फुटबल जर्सी लगाउँछन् । उनले आफू चलचित्रकर्मी इडी मर्फी र विल स्मिथबाट उत्प्रेरित भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया