ईटहरी/ लोकप्रिय गायिका कल्पना दाहलको प्रेम विबाह यतिबेला युट्युब ट्रेन्डिङमा रहेको छ । उनको पहिलो तिज गीतको रुपमा रहेको उक्त गीतको भिडियो युट्युबको म्युजिक क्याटोगरिमा ट्रेन्डिङको २४ औ स्थानमा रहेको छ । दोहोरिमा खप्पिस उनी ईन्द्रेणीबाट चर्चामा आएकी हुन् ।उनले गाएका गीतहरुले सफलता पाईरहेको छ ।

सार्बजनिक ‘प्रेम विबाह’ गीतमा उनको स्वर रहेको छ भने भिडियोमा आफै फिचर्ड भएकी छन् । गीतमा बाबुराम बोहोराको शब्द संगीत रहेको छ । गीतमा आफुले रोजेको संग विवाह गर्दा अथवा प्रेम विवाह गर्दा माईति पक्षबाट हुने ती संस्कार झल्काउने भाव भिडियोमा देख्न सकिन्छ । हेर्नुस् भिडियो ।

बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन भने उनीसंगै भिडियोमा कविता न्यौपाने पनि फिचर्ड भएकी छन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन तथा कोरियोग्राफी गरेकी हुन् । भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । कल्पना पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि टप १६ मा पुग्न सफल भएकि छिन् भने उनी कार्यक्रम प्रस्तोताको रुपमा समेत देखिएकी छन । प्राईम टाईम्स टेलिभिजनमा उनले संगीत माला नामको कार्यक्रम सुरु गरेकी छन् ।

तपाईको प्रतिक्रिया