इटहरी/ पछिल्लो समय चलचित्रको गतिबिधि नहुदा नेपालमा संगीत तथा म्युजिक भिडियो उधोगले राम्रै फाईदा उठाईरहेको छ । धेरै नायकनायिकाहरु यतिबेला कोहि म्युजिक भिडियोमा अभिनय कला देखाईरहेका छन् भने कोहि छमछमी नाचिरहेका छन् । यस्तै नायिकाद्दय स्वस्तिमा खड्का र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ ।

भिडियोले सार्बजनिक पश्चात छोटो भिडियो साझेदारी साईट टिकटकमा छ । यता युट्युबमा समेत सार्बजनिकको २४ घण्टा नपुग्दै ट्रेण्डिङ्ग १ मा पुगेको छ भने २४ घन्टाको अवधिमा १० लाख पटक भिडियो हेरिएको छ । भ्युज आक्रमक रुपमा बढिरहेको छ । भिडियोलाई ७१ हजारभन्दा बढिले लाईक गरेका छन् । हेर्नुस भिडियो ।

१४ सय बढिले डिसलाईक गरेको भिडियोमा ४ हजार ७ सय भन्दा बढिले सकारात्मक प्रतिक्रिया कमेन्ट मार्फत दिएका छन् । गीतमा गायिका समीक्षा अधिकारी र शान्ति श्री परियारको सुमधुर आवाज समावेश गरिएको छ । गीतलाई गायक प्रकाश सपुतको शब्द रचना र संगीत गीतमा तयार पारिएको हो । तिज गीतको स्वरुपमा सार्बजनिक भएको गीतको भिडियोमा स्वस्तिमा र र आँचल छमछमी नाचेकि छन् ।

गीतले अबको युगमा नारिहरु पनि हिम्मति र आत्मविश्वासी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन् । स्वस्तिमा र आँचलसंगै भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी, अनिता बस्नेत, सुनिल बिकको पनि अभिनय रहेको छ । भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ भने उनकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया