इटहरी/ हुन त नायिका प्रियंका कार्कीको अरु समयमा पनि प्रायः विवाद र आलोचना भइ नै रहेको हुन्थ्यो । कहिले बिकिनीका कारण, कहिले अन्तरबार्तामा बोली चिप्लिदाको कारण त कहिले प्रेमका कारण । यता, गर्भवती हुँदा त उनको आलोचना यत्ती भयो कि, सामाजिक संजाल उक्त कुराले नभरिएको दिन हुदैन । उनको गर्भावस्थामा खिचिएको तस्विरले एककिसिमको तहल्का नै मच्चायो । उनी सो आलोचनालाई बेवास्ता गर्दै आफू आमा बन्न लागेकोमा हरेक दिन उत्सवमै रमाईरहिन् ।

गर्भवती हुदा स्विमिङ पुलमा खिचिएको फोटो, श्रीमान आयुष्मान देशराज संग प्रेमिल भावमा खिचिएको तस्विरले आलोचनाको सिकार भैरहेको अवस्थामा यतिबेला सबैको मुख बन्द हुने तस्विर सार्बजनिक भएको छ । सार्बजनिक तस्विरमा प्रियंकालाई साडिचोलीमा सजिएको देखिन्छ । पछिल्लो समय उनलाई यस्तो अवस्थामा नदेखिएको धेरै भएको थियो । त्यसैले पनि सामाजिक संजाल प्रयोगकर्ताहरु रुष्ट भएको हुनसक्छ । हाल सार्बजनिक तस्वीरमा पनि उनी आफ्नो श्रीमानसंग छिन् । हसिलो मुद्रामा दिएको यो जोडिलाई यो पहेलो रङ्गको पहिरनले निकै खुलेको छ । यी २ ले दहि चिउरा खाने कार्यक्रमको अवसरमा यो पहिरन लगाएका हुन् । हेर्नुस् तस्वीर ।

तपाईको प्रतिक्रिया