इटहरी/ ईन्डियन आईडलको १२ औं संस्कारण सम्पन्न भएको छ । आईतवार शोको स्टुडियोमै सम्पन्न ग्राण्ड फिनालेबाट पवनदीप राजनले बिजेताको उपाधी हासिल गरेका छन् । उनी नेपाली गीत गाउन समेत माहिर छन् । इन्डियन आइडलको मंचमै पनि उनले केही छोटोमिठो नेपाली गीतहरुमा गाएका थिए । उनले बिजेताको उपाधी हासिल गरेसंगै ट्रफीका साथ स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

यस्तै उनको दावेदार प्रतिष्पर्धीको रुपमा हेरिएको सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता फर्स्ट रनरअप बनिन् । यी २ संगै पवनको फाईनल प्रतिष्पर्धीको रुपमा मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो रहेका थिए । पवनदीपलाई बिजेता घोषणा गर्दैगर्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै खुशी र भावुक मुद्रामा देखिएकी थिइन् ।

आइडलको १२ औं संस्करण फिनालेमा बलिउड स्टारहरु अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्पर्धीको हौसला बढाउन पुगेका थिए । निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताएका थिए ।

तपाईको प्रतिक्रिया