इटहरी/ कोरोना महामारीले सिनेमा क्षेत्र थला पर्दा यतिबेला सिनेमा हलहरुमा माकुराले जालो हालिसकेको अवस्था छ भने कतिपय हलहरु सधैका लागि बन्द भैसके । यता रिलिजका पर्खाईमा रहेका फिल्महरूले हलको विकल्प खोजि गर्न थालेको छ । त्यसै अनुरुप नाजिर हुसैन अभिनित ‘लभ सर्कल’ डिसहोममा रिलिज भयो भने ‘उल्झन’ युट्युबमा रिलिज गरिएको छ । हल खुल्ने टुंगो नभएपनि फिल्म छायांकन तथा घोषणा गर्ने कार्य भने भैरहेको छ ।

यस्तैमा चलचित्र ‘लाइफ इन एलए’ को छायांकन सकिएको छ । सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रको आइतवार पोखरामा अन्तिम दृश्य खिचिएको हो । अमेरिका बस्दै आएकी अभिनेत्री यो फिल्मको लागि गत हप्ता नेपाल आएकी थिइन् । ‘जिन्दगि रक्स’बाट नेपालि चलचित्र अभिनयमा डेब्यु गरेकी उनले ६ वर्षपछि चलचित्र अभिनयमा कमब्याक गरेकी छन् । चलचित्रको २९ दिन लगाएर छायंकन सकिएको हो । १९ दिन अमेरिकामा र १० दिन नेपालमा छायांकन भएको चलचित्रलाई वाश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

नेपालमा चलचित्रको छायांकन पोखरा, भिमाद लगायतका क्षेत्रमा गरिएको छ । शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, वुद्धि तामाङ, विष्णु गौतम लगायतको अभिनय रहेको चलचित्रले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथा प्रस्तुत गर्छ । व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी चलचित्रको कार्यकारी निर्माता रहेका छन् । पोस्ट प्रोडक्सनको कार्य सुरु भैसकेको चलचित्रलाई आउँदो दशैंको छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

तपाईको प्रतिक्रिया