इटहरी / नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी । उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी थिइन भने उक्त चलचित्रले बक्स अफिसमा राम्रै कलेक्सन गरेर सुपरहिट साबित भएको थियो । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको थियो ।

उनी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तर लकडाउनका कारण उक्त चलचित्रको छायांकन सुरु हुन सकेन । दर्शकको मन-मुटुमा बस्न सफल भएकी उनी सामाजिक संजालमा निकै सक्रिय छिन् । पछिल्लो समय फिल्मका कारण भन्दापनि सामाजिक सञ्जालमा राखिएका आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा छिन् भने उनका फ्यान फलोअर्सहरु पनि धेरै छन् ।

उनका तस्वीरहरुलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको हुन्छ। १६ लाखले पछ्याएको उनको इन्स्टाग्राम एकाउण्टमा पछिल्लो समय उनले ब्ल्याक बिकिनीमा केहि तस्विरहरु सार्बजनिक गरेकि छन् । सो तस्विर यतिबेला भाईरल भैरहेको छ । १ दिन अघि सार्बजनिक गरेको उक्त तस्विरमा १ लाख ५८ हजारले लभ रियाक्ट गरेका छन् । बुढाथोकिको सौन्दर्यताको तारिफ गर्दै झन्डै ३ हजारले कमेन्ट गरेका छन् । हेर्नुस सो तस्विरहरु ।

तपाईको प्रतिक्रिया