इटहरी/ प्रदेश १ को धरानमा निर्माण भएको छोटो चलचित्रले अवार्ड हात पार्न सफल भएको छ । धरानका पुराना चलचित्रकर्मीहरुको सक्रियतामा निर्माण गरिएको ‘द रेडमुन’ ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘बेष्ट नेसनल डिरेक्टर अफ फोटोग्राफी’ अवार्ड हात पारेको हो । काठमाडौमा भर्खरै सम्पन्न एक समारोहका बिच चलचित्र निर्माण युनिटलाई अवार्ड प्रदान समेत गरिसकिएको छ ।

धरानमै छायांकन भएको ‘द रेडमुन’लाई नवीन मेन्याङबो सुब्बाले निर्माण गरेका हुन भने थिएटर साहारा धरानले प्रस्तुत गरेको हो । १० बर्षे लामो शसस्त्र माओवादी द्वन्दको यथार्थपरक कथालाई चलचित्रमा २० मिनेटमा अटाईएको छ । उक्त चलचित्रलाई पुराना चर्चित छायाकार लुजा शिहले खिचेका हुन् ।

रबिन श्रेष्ठको कथा लेखन तथा निर्देशन रहेको चलचित्रले यो अवार्ड जित्नुको पछाडी छायांकन पक्ष उत्कृष्ट रहेको निर्देशक श्रेष्ठ बताउछन् । चलचित्रमा वरिष्ठ कलाकार प्रेम सुब्बा, बिजय सुब्बा, विशाल श्रेष्ठ, हिमाल दाहाल, एकराज सुब्बा, तुलसा थापा, कैलाश कार्की, मिहाङ राई, रानुराज थेगिम, कमल अधिकारी, सुमिना खड्गी र बालकलाकार आरोही श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया