इटहरी/ अभिनेताहरु अनमोल केसि, सौगात मल्ल र राज कटुवालले साइन गरेपछी अर्का अभिनेता पुष्प खड्काले पनि एक्सन जनरामा बन्ने ‘एक्स नाइन’ नामक एक सिनेमा साइन गरेका छन् । धेरै अगाडि देखि पुष्प र निर्माण टिम बिच मौखिक सम्झौता भैसकेको थियो । सोमबार भने निर्माण टिम र पुष्प बिच कागजी सम्झौता भएको हो ।

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने सिनेमामा पुष्पको कस्तो क्यारेक्टर हुनेछ भन्नेबारे भने खुलाइएको छैन । सिनेमामा पुष्प र मुकुन्द बिच यो पहिलोपटक सहकार्य भएको हो । २०२२ को जनवरीबाट छायांकनमा जाने भनिएको सिनेमा गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुनेछ । दिनेश भट्ट कार्यकारी निर्माता रहेको सिनेमाको कथा मुकुन्द भट्ट र किंङ योगीले तयार पारेका हुन् ।

यो सिनेमाको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेका छन् । नेपालसँगै यूरोप र क्यानडामा पनि खिचिने भनिएको सिनेमाका लागि भिलेनको भूमिकामा बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको र सुनिलले पारीश्रमिक महँगो भनेपछी सोनु सुदसँग कुरा भैरहेको जानकारी छ । ‘एक्स नाइन’ लाई नेटफ्लिक्समा रिलिज गर्ने योजना समेत निर्माण टिमले बनाएको छ ।

तपाईको प्रतिक्रिया