इटहरी/ बलिउडका चर्चित अभिनेता सलमान खान अहिले एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् । अहिले उनी फिल्म ‘टाइगर–३’को सुटिङमा छन् । फिल्म ‘टाइगर–३’को सुटिङको लागि उनी रुस पुगेका छन् ।

रुसमा भएका सुटिङका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तस्बिरमा हेर्दा उनी अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् । उनको नौलो लुकले फ्यानहरु नै अचम्मित परेका छन् । उनको हुलिया पूरै परिवर्तन छ ।

लामो कपाल, दाह्री र शान्दार बडीले निकै अनौठा देखिएका छन् । यी तस्बिरहरु रुसको गल्लीहरुमा सुटिङ गर्दै गरेका हुन् । मनिष शर्माको निर्देशन रहेको यस फिल्ममा सलमान खान र इमरान खानको धमाकेदार अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया