इटहरी/ नेपाली संगीत आकाशको चर्चित नाम हो इन्दिरा जोशी । गायिका इन्दिरा जोशीले गायिकी कला मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन् । धेरै लोकप्रिय गीतहरुमा स्वर भरिसकेकी उनको सौन्दर्यताको पनि निकै तारिफ हुने गरेको छ । युट्युबमा उनका भिडियोहरुले लाखौ भ्युज पाउदै चर्चा बटुलिरहेको हुन्छ । पछिल्लो समय उनले गायक स्वप्न सुमनसंग ‘नजिकिदै’ बोलको गीतमा स्वरमा स्वर मिलाएकी छिन् ।

सामाजिक संजालमा समेत सक्रिय जोशीको टिकटक, फेसबुक पेज र इन्स्टाग्राम भेरिफाईड भैसकेको छ । १ लाख ३१ हजार बढिले टिकटकमा, ७ लाख ८ हजार बढिले फेसबुकमा र ४ लाख ६३ हजारबढीले उनलाई पछ्याएका छन् । उनले सार्बजनिक आफ्ना हरेक फोटोमा हजारौ लाईक र सकारात्मक कमेन्ट पाईरहेका हुन्छन् । कमेन्टमा धेरैले हिरोनी भन्दा कम नरहेको गायिका भनेर तारिफ गरिरहेका हुन्छन् । हेर्नुस् पछिल्लो समय सामाजिक संजालमा उनले सार्बजनिक गरेकी ब्ल्याक ड्रेसका तस्विरहरु ।

तपाईको प्रतिक्रिया