इटहरी/ भारतिय टेलिभिजन सिरियल ‘बाजिका बधु’ बाट आफ्नो पहिचान बनाएका अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको निधन हृदयघातका कारण भएको जनाईएको छ । बुधबार राती सुत्नेबेला औषधि खाएर सुतेका शुक्लाको बिहिवार बिहान निधन भएको अस्पतालले बताएको छ । शिद्धार्थ ‘बिग बोस – १३’ को बिजेता समेत हुन ।

बलिउड तथा टेलिभिजन उधोगमा ख्याती कमाएका उनी ४० बर्षको भए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरे भने २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया