इटहरी/ लोकप्रिय गायिका रचना रिमाल र गायक पूर्ण लिम्बुको स्वरमा रहेको ‘संगै संगै’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । धरानमा एक भब्य प्रिमियर कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरिएको हो । प्रिमियर कार्यक्रम पश्चात भिडियोलाई युट्युबबाट सार्बजनिक गरिएको छ । धरान १२ स्थित होटल स्टार पुर्वीमा सम्पन्न भएको प्रिमियर कार्यक्रममा प्रमुख अतिथी रुपमा चर्चित निर्देशक मिलन चाम्स रहेका थिए । उनले शुभकामना मन्तव्य दिदै मोफसलमा यतिको भिडियो बन्नु खुशीको कुरा भएको बताए । चाम्सले पूर्ण लिम्बुको सांगीतिक यात्राको सफलताको शुभकामना दिए । प्रिमियर कार्यक्रमको भिडियो ।

१६ बर्षकै उमेरमा ब्रिटिश आर्मीमा भर्ती भएर रिटाएर्ड लाइफपछी गीत संगीत अभिनय र समाजसेवामा अग्रसर क्याप्टेन पुर्ण लिम्बुले प्रदेसको जीवन त्यागेर अब आफ्नै देशमा रहेर गाउघरमा भएको आफ्नो बाझो जमीनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगैसंगै बस्ने निर्णय गरेका छन । लिम्बुले यो रियल लाइफमा नभएर रिल लाइफमा रहेको बताए । भर्खरै रिलिज भएको गीत ‘संगैसंगै’ गीतको भिडियोमा यही बिषयबस्तुलाई उठान गरिएको छ ।

गीतमा प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको छ । गीतको छायाँकन र निर्देशन सुमन तामाङले गरेका हुन्। म्युजिक भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन । गाउघरको रहनसहन, खेतिकिसान सबैकुरालाई आर्गनिक रुपमा टपक्क टिपेर निर्देशक तामाङले कलात्मक रुपमा प्रस्तुत गरेका छन । सो गीतको भिडियोलाई ओेएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा हेमन तामाङले ड्रोन चलाएका छन् भने उनैले कलरिङ्ग र सम्पादनको काम गरेका छन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।

यस्तै प्रिमियर कार्यक्रममा केही समय अगाडि युट्युबमा सार्बजनिक भैसकेको ‘संसार एउटा बगैचा’ बोलको गीत पनी रिलिज गरिएको थियो । जुन गीतमा पूर्ण लिम्बुको स्वर र अभिनय रहेको छ । हरेक कामबाट रिटायर्ड भएपनी कलाकारिताबाट कहिले रिटाएर्ड नहुने राइको भनाइ थियो । आज रिलिज गरिएको भिडियोमा गीत भन्दा पनि समग्ररुपमा एउटा फिल्मको कथा प्रस्तुत गरेको भन्दै निर्देशक तामाङको सबैले खुलेर प्रसंसा गरे । कार्यक्रममा चर्चित कलाकार प्रेम सुब्बा, निर्देशक निर्माता तथा चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, कलाकार निर्माता किशोर सम्बाहाम्फे, कलाकार दिनेश कोइराला लगयातहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्य तस्विरहरु :

तपाईको प्रतिक्रिया