इटहरी/ नाट्य कलाको क्षेत्रमा बिगत २५ वर्ष पुरानो धरानको ‘थियटर साहारा’ ले आफ्नो २६ औं वार्षिकोत्सब भब्य सम्पन्न गरेको छ । स्थापनाको २६ औं वर्ष पुगेको अवसरमा साहाराले सनिवार धरान १५ स्थित धरान किचनमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकि उप मेयर मन्जु भण्डारी सुवेदी रहेकी थिइन् । उनको उपस्थिति कार्यक्रमको लगभग मध्य भागमा भएको थियो ।

हालसम्म साहाराबाट १९ ओटा नाटक र ३ ओटा सडक नाटक सफल प्रदर्शन गरिएको थियटर साहाराका उपाध्यक्ष तथा चलचित्र निर्देशक रविन श्रेष्ठले कार्यक्रममा जानकारी गराए । यस्तै साहाराका नाटकका माध्यमबाट अवार्डहरु पनि प्राप्त भएको जानकारी गराईयो । ‘अमर सिह’ नाटकबाट कलाकार बिकाश गिरि र ‘निर्दोष उनी’ नाटकबाट साहारा अध्यक्ष नवीन मेन्याङ्बोले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हुन् । हेर्नुस् वार्षिकोत्सब कार्यक्रमको भिडियो ।

मोफसलमा यस्ता गतिविधि गर्नु चुनौतीपूर्ण नै छ । तर, पनि विभिन्न उतारचढावलाई पन्छाउदै साहाराले धेरै नाट्यकर्मीहरु जन्माएको छ । वार्षिकोत्सब कार्यक्रममा नव-नाट्यकर्मी कलाकारहरूलाई सदस्यता तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो भने भर्खरै अन्तरास्ट्रिय अवार्ड जित्न सफल ‘द रेड मुन’ लघु चलचित्र प्रदर्शन गरिएको थियो । सो चलचित्रलाई साहारा टिमले नै निर्माण गरेको हो । रबिन श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा १० बर्षे जनयुद्धको याथार्थ चित्रण गरिएको छ । उपस्थित सबैले चलचित्रको तारिफ गर्दै कलाकारहरूलाई बधाई दिए ।

यस्तै कार्यक्रमबाट साहाराका अध्यक्ष नवीन मेन्याङ्बोले अब फेरि २ लघु चलचित्र निर्माण गर्ने घोषणा गरे । उनका अनुसार लिम्बू भाषामा ‘एम्लुके’ र अर्को नेपाली भाषामा ‘डोरी’ नामक २ लघु चलचित्र निर्माण चाडै गरिने छ । वार्षिकोत्सब कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान, निर्माता संघका केन्द्रिय सदस्य तथा निर्माता ज्योतीराज राई, कलाकार पुष्प श्रेष्ठ, चलचित्र प्राविधिक संघ अध्यक्ष तथा निर्देशक प्रकाश सुब्बा, वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बा, अभिनेता दिनेश कोइराला, अभिनेत्री रेखा ललिम्बू लगायत प्रदेश १ का नाट्यकर्मी तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्य तस्विरहरु :

तपाईको प्रतिक्रिया