इटहरी/ एक समय सामाजिक संजालको माध्यामबाट अत्याधिक भाईरल भएका अशोक दर्जीको स्वरमा हिन्दि गीत सार्बजनिक भएको छ । गरिब परिवारमा जन्मिएका उनि राम्रो गायनकलाका कारण भाईरल भएपछी आर्थिक सहयोग देखि घरसमेत निर्माण भएको थियो । त्यसपस्चात गायक तथा संगीतकार टंक बुढाथोकीले उनको सम्पुर्ण जिम्मेवारी लिए । हालसम्म दर्जीको ‘मन बिनाको धन ठुलो कि’, ‘चौरीको चाम्रो छुर्पी’ लगायत हिट छन् ।

हालै सार्बजनिक ‘माँ’ बोलको हिन्दि गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने गीतको शब्द समिर खानले लेखेका हुन् । भिडियोलाई शुक्रबार टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अशोकको हिन्दि गीतमा यो पहिलो प्रयास हो । जसलाई धेरैले मनपराएका छन् । भिडियोमा डिआर सुजनको कथा र निर्देशन रहेको छ । हेर्नु भिडियो यस्तो बनेको छ ।

भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् । हामीले यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब नेपाल ट्रेण्डिङ्गको छैठौ स्थानमा रहेको छ भने करिब ७ लाख पटक हेरिएको छ । ७१ हजारले लाईक गरेको भिडियोमा ८ हजार बढिले सकारात्मक कमेन्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया