इटहरी/ लामो समयदेखि ‘ब्लड क्यान्सर’ रोगबाट पिडित पुर्वेली गायक राजु चौधरीको निधन भएको छ । उनलाई नेपालमा उपचार सम्भव नभएपछि दिल्लीस्थित बिएलके अस्पतालमा उपचारका लागि लगिएको थियो । चौधरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

प्रदेश १ को बिर्तामोडमा स्थापना भै आफ्नो छुट्टै स्थान बनाएर चर्चामा रहेको रेडियम ब्यान्डमा चौधरी आबद्ध थिए ।

उमेरले भर्खरै २८ लागेका राजुका आफन्त विशाल अग्रवालले बोनम्यारो ट्रान्सप्लान्ट प्रक्रियाकै क्रममा उनको मृत्यु भएको जानकारी गराएका छन् । आज शुक्रवार बिहान २ बजेको समयमा राजुको निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले समेत सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया