इटहरी/ सागर लम्साल ‘बले’ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो । गतिमा सागर लम्साल बले संगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ ।

पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउदै सागर भन्छन्ः पुराना गीतले पुराना साथीभाईहरुको सम्झना दिलाउछ । तिनै पुराना साथीहरुको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो । २० वर्षपछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरिएको छ ।हेर्नुस् भिडियो ।

गीतमा सरला बीसीले साथ दिएकी छिन् । गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इटरटेन्मेन्टको यूट्यूब च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन् । आफ्ना पुराना दिनहरुको सम्झना दिलाएको भन्दै गीतको अडियो र भिडियो दुवै पक्षको प्रशंसा गरेका छन् ।

केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खडकाको रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घट्ना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया