- सुवास संकल्प


इटहरी/ चलचित्र क्षेत्र कोरोनाका कारण ठप्प भएपछि धेरै अभिनेत्रीहरुलाई रमाउने र समय बिताउने एउटा राम्रो माध्यम बन्यो टिकटक । यसो त पछिल्लो समय नेपाली टिकटक प्रयोगकर्ताहरु अत्याधिक छ । केही कुरा भाईरल हुन्छ भने त्यो आजकाल टिकटकबाटै सुरु हुन्छ । अभिनेत्री पुजा शर्मा, आचल शर्मा, प्रीयंका कार्की, ऋचा शर्मा, सुष्मा कार्की लगायतका अभिनेत्रीहरु टिकटकमा रमाईरहेका छन् ।

यता अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पनि टिकटकमा रमाउने अभिनेत्रीको सुचिमा आउछिन् । शाहको संगै यी सम्पुर्ण अभिनेत्रीहरुको टिकटक भेरिफाइड भएको छ । अन्य अभिनेत्रीको तुलनामा शाहले टिकटकलाई केही फरक तवरले प्रयोग गरिरहेको देख्न सकिन्छ । उनले हरेक भिडियोमा कमेन्ट अफ गरेकी छ । लकडाउनपछी बिकल्पको रुपमा उनले अनलाइन ब्यवसाय समेत सुरु गरेकी छन् । महिलाले लगाउने आधुनिक पहिरनहरुको उनले अनलाइन व्यापार गर्छिन् ।

उनले कमेन्ट अफ गर्नुको अर्थ टिकटकमा नकारात्मक कमेन्टहरुको बर्षा हुन्छ । यसबाट टाढै रहन उनले यो उपाय लगाएकी हुन भनेर बुझ्न सकिन्छ । यता उनले प्रायः टिकटकहरु अङ्ग्रेजी डाईलोग तथा गीतमा बनाएकि छन् । नेपाली गीत तथा डाईलोगमा भने केही भिडियो मात्र बनाएकी छन् । उनलाई टिकटकमा १ लाख बढिले पछ्याएका छन् भने २१ लाख बढी लाईक प्राप्त भएको छ । उनले टिकटकलाई रमाइलोको रुपमा लिएको खुलाएकी छन् ।

तपाईको प्रतिक्रिया