- सुवास संकल्प


इटहरी/ कोरोना महामारीका कारण गएको वर्ष ९ महिना बन्द भएर खुलेको सिनेमा हलमा चलचित्रले प्रदर्शन कुर्दा कुर्दै ३ महिनामै बन्द भयो । महामारीको दोश्रो लहर सुरु भएसंगै सिनेमा हलमा फेरि ताल्चा लागेको थियो । पछिल्लो समय सरकारले सिनेमा हल खोल्ने अनुमति त दियो । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ।

यसले गर्दा चलचित्रलाई घाटा निस्चित छ । त्यसैले फिल्म वितरक तथा हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न सरकारले अनुमति नदिएसम्म तीन जिल्लाका मात्र हल नखोल्ने निर्णय गरेको छ । यता चलचित्र निर्माताहरु भने जुर्मुराएका छन् । छायांकन लगायतका सम्पुर्ण काम सकेर प्रदर्शनको पर्खाईमा बसेको चलचित्रहरुले यतिबेला एकपछि अर्को गर्दै प्रदर्शन मिति सार्बजनिक गर्न थालेको छ ।

प्रदर्शन मिति सर्बजनिक गर्नेमा सबै सिक्वेल चलचित्रहरु छन् । अनमोल केसि र सुहाना थापा अभिनित झरना थापाले निर्देशन र सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ ले चैत्र २५ गतेलाई आफ्नो प्रदर्शन मिति लक गरेको छ । यता अर्को चलचित्र ‘लप्पन छप्पन २’ ले पनि आफ्नो प्रदर्शन मिति तय गरिसकेको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र आउदो फागुनको १३ गते महाशिवरात्रीको अवसर पारेर सार्बजनिक प्रदर्शनमा आउने पक्का भएको छ ।

‘लप्पन छप्पन २’ मा मल्टीस्टारर कलाकारहरूको अभिनय रहेको छ । यता चलचित्र प्रदर्शनको लागि ‘म यस्तो गाउछु २’ र ‘चपली हाईट ३’ पनि पर्खाईमा छ । केही हदसम्म लगानि सुरक्षित हुने ‘एमजी’ पाए र देशैभर हल खुलेको खन्डमा यी २ चलचित्रले दशै र तिहार मिलिमिली खाने तयारी गरेको छ ।

यतिबेला चलचित्र संघले यी २ चलचित्रका निर्मातासंग छ्लफल गरिरहेको छ । संघले दशैमा ‘म यस्तो गीत गाउछु २’ र तिहारमा ‘चपली हाईट ३’ हिन्दी चलचित्रसंग नजुधाउने गरि प्रदर्शन गर्ने तयारीमा छ । पल शाह र पुजा शर्मा अभिनित ‘म यस्तो गीत गाउछु २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रलाई पुजा र सुदर्शनले नै मिलेर निर्माण गरेका हुन् । यता ‘चपली हाईट ३’ मा स्वस्तिमा खड्का, अमिर गौतम, अर्पण थापा, सुपुष्पा भट्ट, दिपा श्री निरौला लगायतको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् ।

तपाईको प्रतिक्रिया