इटहरी/ गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ ।

इन्दु भण्डारी कोडिनेटर रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुने छ भन्ने आशावादी छौ’, निर्देशक शाहीले भने । हेर्नुस भिडियो यस्तो बनेको छ ।

यो गीतको केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो । गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्ण रुपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया