इटहरी/ चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ । यसअघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो । ओएसआर संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए । ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं । जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए ।

लामो समय देखि सक्किगोनीु जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउँनु पर्ने शुभचिन्तकहरुको माग थियो । जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटस् को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने स्पष्ट पारे । आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ । पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरुको स्वामित्वमा सञ्चालित युट्युव मार्फत धेरै सिरियलहरु आउने क्रम सुरु भईसकेको भएता पनि ‘सक्किगोनी’ भने अन्य युट्युव मार्फत आइरहेको थियो ।

तपाईको प्रतिक्रिया