इटहरी/ नेपाली मनोरञ्जन दुनियामा अनेक अनेक चर्चा, आलोचना र विवाद सिर्जना भैरहेको हुन्छ । यसमा विशेषत अभिनेत्री तथा अभिनेता अगाडि आउछन् । कसैको प्रेमका कारण, कसैको बोली चिप्लिदा त कसैको पहिरनका कारण आलोचनाको सिकार बन्छन् । यदाकदा गायिकाहरुको पनि पहिरन विवाद आउने गर्छ, यो भन्ने बित्तिकै गायिका ज्योती मगर र सरस्वती लामाको नाम र सो दृश्य मानसपटलमा आउँछ ।

तर, अहिले एक अर्को गायिका पनि आलोचनाको भुमरिमा झेलिदै छिन् । उनी एक फोटोका कारण विवादमा पर्दैछिन् । आज सनिवार गायिका तृष्णा गुरुङले आफ्नो फेसबुक पेजमा एउटा आफ्नो फोटो पोस्ट गरेकी छन् । सुन्दरी गायिका बुलेट बाईकमा उभिएर कालो चस्मामा ढलक्क परेको तस्विर हेर्न लायकको छ । तर, उनको पहिरनले भने उनैलाई धोका दिएको छ ।

तस्विरमा उनले लगाएकी हरियो कलरको पहिरनबाट प्रष्ट देखिने स्तनको निप्पलले सबैको ध्यान केन्द्रित गर्यो । पोस्ट गरेको १ घन्टा नबित्दै तस्वीर भाइरल नै भयो । तस्विरको हरेक कमेन्टमा सोही कुरालाई नियाल्दै प्रतिक्रिया आएको छ । धेरैले उनलाई गाली गरे भने धेरैले सुझाब सहित सो फोटो तथा पोस्ट डिलेट गर्न आग्रह गरे । अन्ततः उनले सो तस्वीरलाई एक घन्टा पछि आफ्नो फेसबुकबाट हटाएकी छन् । तर धेरैले सो तस्वीरलाई ट्रोल बनाउदै फेसबुक पेजहरुमा पोस्ट गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया