इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैको आज मुख्य दिन । आज देश बिदेशमा रहेका नेपालिहरुले दशैलाई उल्लासका साथ मनाइरहेका छन् । गएको वर्षमा झै यस वर्ष पनि दशै कोरोना प्रभावमै छ । तर, पनि मान्यजनको हातबाट टिका र आशिर्वाद थाप्नलाई कोरोना बिर्सिएका छन् । यता सेलेब्रेटीहरुको दशै पनि उल्लासमय नै देखियो ।

यसपालिको टीका साईत १० बजेर १ मिनेटमा मान्यजनको हातबाट टीका ग्रहण गरेपछि सेलेब्रेटिहरुले टिकापछिको तस्वीरलाई सामाजिक संजालमा सार्बजनिक गरिरहेका छन् । सेलेब्रेटीहरुको दशै टीका तस्वीर सार्बजनिक हुने क्रममा अभिनेत्री प्रीयंका कार्की र आयुष्मान देशराज जोशीले पनि आफ्नो दशै टिकाको तस्वीर सामाजिक संजालमा सार्बजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया