इटहरी/ यतिबेला अभिनेता पल शाह र नवगायिका समीक्षा अधिकारी बिचको अन्तरङ्ग प्रेम प्रकरणका गसिपले बजार तातेको छ । एक टेलिभिजन कार्यक्रममा यसबारे सामान्य रिपोर्ट बजेपछि अर्को एक अनलाइनमा यो गसिपबारे बिस्तृतमा समाचार सार्बजनिक भयो । त्यसपस्चात सामाजिक संजालमा विभिन्न क्रिया प्रतिक्रियाहरु भैरहेका छन् । पल र समिक्षाको सपोर्टमा उनिहरुका फ्यानहरुले आफ्नो धारणहरु व्यक्त गरिरहदा समिक्षाले आफ्नो तर्फबाट स्पष्टीकरण दिईसकेकी छन् । उनले पल र आफू बिच समाचारमा भनिएझै कुनै पनि अनैतिक सम्बन्ध नरहेको प्रष्ट पार्दै पललाई अभिभावकको रुपमा हेरेको बताएकी छन् ।

यता एकपछि अर्को मिडियामा यो खबर भाईरल हुन थालेपछि अभिनेता पल शाहले पनि आफ्नो स्पष्टीकरण सामाजिक संजाल मार्फत राखेका छन् । उनले “हुँदै नभएका, गर्दै नगरिएका बिना आधारका कुराहरुलाइ गसिप बनाएर एउटा कलाकार र उसको ब्यक्तिगत जिवनमाथी आच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखी बनाएको छ” लेखेका छन् । हेर्नुस् पलको स्पष्टीकरण स्ट्याटस:

नमस्कार🙏
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।
मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।
गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।
धन्यवाद 🙏 – हजुरहरुको पल शाह !!

समिक्षाको स्पष्टीकरण :

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यबाद।

पल समिक्षा बिचको गसिप के थियो ?

‘सुर्ती माड्दै’ बोलको गीतमा यी २ को अभिनय छ । सोही गीत छायांकनका क्रममा यी २ सम्बन्धमा बसेको चर्चा यतिबेला चलेको हो । तर, सम्बन्धमा आएको उतारचढावले दुबैको करियरलाई यतिबेला धक्का पुगेको छ । सानैदेखि पलको फ्यान रहेकी समीक्षाले पलको साथ पाउँदा खुशी रहेपनी पल भने तर्किएको बताईएको छ । त्यसैले पनि सम्बन्धमा खटपटी आएको हो । दुबै पक्षबाट धम्कीपुर्ण कुराहरु हुन थालेपछि पलबाट १ करोड रकमको प्रलोभन आएको समाचारमा उल्लेख छ । तर, समिक्षाले सो कुरालाई ठाडै अस्विकार गरेपछि विवाहको लागि पल राजी भएका थिए । जुन कुरालाई दुबै पक्षका परिवार र २ संचारकर्मीका बिचमा समझदारी गरिएको समाचार श्रोतमा भनिएको छ । तर, ती संचारकर्मीहरु भने को को थिए भन्ने बारे खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया