इटहरी/ भिषण राईको निर्देशन रहेको चलचित्र’ पुरानो बुलेट‘ युट्युबमा सार्बजनिक भएको छ । हल प्रदर्शनपछि बिदेशमा शोहरु गर्दै डिसहोम पश्चात् यो चलचित्र बल्ल युट्युबमा सार्बजनिक भएको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ २०७५ चैत्र १ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । चलचित्रले हलमा दर्शकको राम्रै साथ पाएपनी बक्सअफिसमा भने औसत सफलता मात्रै पाएको थियो ।

यतिबेला युट्युबमा फिल्मले राम्रै भ्युज पाइरहेको छ । ४ दिनअघिबाट युट्युबमा सार्बजनिक भएको ‘पुरानो बुलेट’ यतिबेला करिब ८ लाख भ्युज बटुल्दै युट्युब ट्रेन्डिङको चौथो स्थानमा उक्लिएको छ । चलचित्रको अधिकान्श छायाँकन प्रदेश १ मै गरिएको थियो । चलचित्रमा अनुप बिक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, करन धिताल लगायत कलाकारहरुको अभिनय रहेको छ । हेर्नुस् पूरा फिल्म ।

चलचित्रमा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् भने चलचित्रको कथा, पट कथा र लेखन स्वम निर्देशक र चलचित्रका कार्यकारी निर्माता सन्तोष राई दुवैले मिलेर गरेका छन् । ‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत रहेको छ भने छायांकन हरि घले लामाको, सम्पादन अर्जुन जिसीको प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रलाई हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया