एजेन्सी/ लामो समयदेखि विवाहको हल्ला चलेको बलिउड अभिनेत्री कैटरिना कैफले अन्ततः इंगेज्मेन्ट गरेकी छन । दिपावलीको अवसर पारेर उनले प्रेमी समेत रहेका अभिनेता बिक्की कौशलसंग सुटुक्क इंगेज्मेन्ट गरेकी हुन् । अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो ।

यता उनको इंगेज्मेन्टको खबरपछी आएको विबाहको चर्चा झनै भाईरल भएको छ । जसको मुख्य कारण हो, अभिनेता सलमान खानले ‘टाईगर ३’ को छायांकन सार्नु । उनि निरन्तर सुटिङमा व्यस्त छन् । यद्यपी, अहिले कैटरिना कैफ विवाहका लागि उनले सुटिङ सारेका हुन् । ७ देखि १४ डिसेम्बरबीच यो विवाह हुने बताइएको छ । माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट होटलमा हुने यस वैवाहिक समारोहमा सलमान खान सहभागी हुनेछन् ।

सलमानसंगै बलिउडका धेरै चर्चित कलाकार सरिक हुँदैछन् । अब आउदो जनवरी देखि मात्रै टाईगर ३ को छायांकन सुचारु हुने छ । यसै महिना सलमान खान कटरिना कैफसँग टाइगर ३ को सुटिङमा सहभागी हुनेवाला थिए । यता ‘पठन’ फिल्मको छायांकन पनि सरेको छ । जसमा सलमान अतिथि भुमिकामा देखिदैछन् भने शाहरुख खान मुख्य भुमिकामा देखिदैछन् । शाहरुखका छोरा आर्यन खान ड्रग्स प्रकरणमा मुछिएका कारण पठान फिल्मको सुटिङ पनि सरेको हो ।

तपाईको प्रतिक्रिया