इटहरी/ निर्माण टिम छायांकनको लागी फ्लोरमा निस्किने तयारी अन्तिम चरणमा पुग्दैगर्दा अभिनेत्री मलिका महतले बिग बजेटको भनिएको चलचित्र ‘सत्यम्’ छाडेकी छन् । उनले चलचित्रको भुमिका निर्वाह गर्न वर्कसप पनि गरेकी थिइन् । तर, यति धेरै प्री-प्रोडक्सनको काम सम्पन्न भैसकेपछी उनले पढाईको कारण देखाउदै चलचित्रबाट हात झिकेको बुझिएको छ ।

तिहार अगाडी भएको वर्कसपमा चलचित्रमा महतको जोडिको रुपमा देखिने पल शाहसंगै महानायक राजेश हमाल, अनुप बिक्रम शाही लगायत चलचित्रको मुख्य कलाकारहरू सहभागी थिए । तर, आफ्नो पढाइ सुरु भएको र अब त्यसैलाई अगाडि बढाउने सोचले उनले सत्यम् छाडेको खबर छ ।

तीन करोड बढी लागतमा बन्ने चलचित्रमा अब पलको जोडिको रुपमा कस्लाई हेर्न पाईएला ? त्यो भने पर्खाई बन्यो । यता महानायक राजेश हमालको जोडिको रुपमा भने टेलिभिजन कार्यक्रम प्रस्तोता तथा मोडल निलम चन्दले भुमिका निर्वाह गर्ने पक्का केही दिन अघि मात्रै भएको थियो । चलचित्रको निर्देशक शंकर कार्की हुन भने रेशम सापकोटा यो चलचित्रका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया