इटहरी/ कलिउड होस या त बलिउड, चलचित्र क्षेत्रमा पछिल्लो समय अभिनेत्रीहरु विबाह गर्ने र आमा बन्ने लहर चलेको छ । यस्तैमा बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । उमेरले नेटो काटेपनी उनी ४६ बर्षको उमेरमा आमा बनेकी छन् । उक्त खुशीलाई आफ्ना फ्यानहरु लाई साट्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रीतिले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

उनि जुम्ल्याहा बच्चाकी आमा बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पति जीन गुडइनफसँगको तस्बिर सेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् । उनले आफ्ना सन्तानको नाम जय र जिया राखेको समेत जानकारी गराएकी छन् । प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’ उनी सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी हुन् ।

तपाईको प्रतिक्रिया