एजेन्सी/ बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा पलले बिहे गरेका छन् । राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको आफूहरूबीचको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन् । राजकुमारले सामाजिक सञ्जालमार्फत पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

पत्रलेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन् । दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो । विवाहमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले नवविवाहिता जोडीलाई बधाइ दिएका थिए ।

तपाईको प्रतिक्रिया