इटहरी/ कोरोनाका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । यस्तैमा नेपालि चलचित्रको प्रदर्शन मितिहरू धमाधम सार्बजनिक भैरहेको अवस्थामा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका करण सिंहले पनि नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । उनले बनाउन लागेको चलचित्रमा चर्चित नायक पल शाह अनुबन्धित भएका छन् । आर.के.एस. इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभस्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ ।

चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राबिधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ । माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ । चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा सार्वजनिक गरिनेछ । चलचित्रलाई लोकप्रिय गायक यश कुमारले निर्देशन गर्ने भएका छन् ।

‘छिरिङ’ बाट निर्देशनमा डेब्यू गरेका उनले नयाँ चलचित्रमा नायक पल शाहलाई निर्देशन गर्न लागेको यो पहिलो हो । निर्माण टिमले चलचित्रमा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । अहिलेसम्म चलचित्रमा पलबाहेक अरु कलाकार फाइनल भएका छैनन् । चलचित्रका लागि नायिकासँगै अन्य कलाकारको छनोट कार्य भइरहेको निर्माता सिंहले जानकारी दिएका छन् । चलचित्रमा मुख्य नायिकाका लागि अहिले निर्माण टिमले दुई नायिका उपासना सिंह ठकुरी र मलिका महतसँग कुराकानी गरिरहेको जानकारी प्राप्त छ । स्रोतका अनुसार, उपासना चलचित्र गर्न सकारात्मक देखिएकी छन् ।

तपाईको प्रतिक्रिया