इटहरी/ मोडलिङमा सफल भविष्य खोज्दै निरन्तर म्युजिक भिडियोमा अभिनय गरिरहेकी सैना श्रेष्ठको नया म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगतका म्युजिक भिडियोहरुमा भन्दा यसपटक अभिनयमा निखारता ल्याउदै सबैको प्रीय बन्ने जमर्को गरेकी छन् । कभर भिडियोमा नृत्य तथा छोटो फिल्महरुमा अभिनय गर्ने श्रेष्ठ अहिले म्युजिक भिडियोको प्रमुख कलाकार समेत भैसकेकी छन् । उनी डान्स मास्टर पनि हुन । उनले धेरैलाई नृत्यको प्रशिक्षण समेत गराईसकेकि छन् ।

उनको प्रमुख भुमिकामा यतिबेला ‘रेलै चढी जाम’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ध्रुब बिस्को र अन्नु चौधरीको युगल स्वर रहेको गीतलाई सारिका घिमिरेले लेखेकी हुन् । डान्स शैलीमा तयार भएको रमाईलो गीतलाई गायक ध्रुबले कम्पोज तथा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

भिडियोमा सैनालाई बलराम परियार र जेरि भन्डारीले अभिनयमा साथ दिएका छन् । दुबै ठुम्का हेर्न लायक छ । भिडियोकी मोडल सैना खोटाङमा जन्मिएर हाल पोखरामा आफ्नो भविष्य खोज्दै संघर्ष गरिरहेकी छन् । ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोमा आतिशको कोरियोग्राफी रहेको छ । सुरेन्द्र एम ठकुरीले भिडियोलाई निर्देशन गरेका छन् भने ड्रोन पाइलट टार्जन लिम्बू हुन् । दिन्सोन शाहले सम्पादन गरेको भिडियोलाई दिया प्रोडक्सन नामक युट्युब च्यानलबाट सर्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया