इटहरी/ अभिनेत्री मलिका महतको पहिलो चलचित्र यात्राले युट्युबमा राम्रो सफलता बटुलिरहेको छ । १० दिन अघि युट्युबमा सार्बजनिक सो चलचित्रले २७ लाखबढी भ्युज बटुल्दै केही दिनदेखी लगातार ट्रेन्डिङको नम्बर १ मा रहेको छ । चलचित्र ‘यात्रा’ हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि युट्युबमा सार्वजनिक गरिएको हो । सम्राट शाक्यको कथा एवं निर्देशन रहेको चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हेर्नुस् पूरा फिल्म ।

चलचित्रलाई युट्युबमा सकारात्मक प्रतिक्रियाहरु आएको छ भने ७८ हजारबढीले लाईक गरेका छन् । सुशील पोखरेल निर्माता रहेको चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा छन् । हाल चलचित्र अभिनयबाट अलि टाढिएका सलिनमानको भने यो दोस्रो चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, धिरेन शाक्य, रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत लगायतको पनि अभिनय छ । यो चलचित्रले हलबाट आफ्नो लगानी सुरक्षित गर्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया