इटहरी/ गीत लेखन संगै भिडियो निर्देशनमा सक्रिय निर्देशक गणेश शाहीको निर्देशनमा दिपक घिमिरे र पुजा ठाकुर अभिनित ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द रहेको यस गीतमा कल्याण सिंहको संगीत रहेको छ । प्रेमिल शैलीको गीतमा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङले आफ्नो कर्णप्रिय स्वर दिएका छन् । हेर्नुस भिडियो

गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

तपाईको प्रतिक्रिया