- सुवास संकल्प

इटहरी/ प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले अहिलेकी लोकप्रिय गायिका रचना रिमाललाई ‘वान साईडेड’ लभ जस्तो समर्थन गरेको बताएका छन् । सयौं झापालिको उपस्थिति रहेको मञ्चमा बोल्दै उनले अहिले पनि रिमाललाई घरीघरी पछ्याउने गरेको खुलाए । उनले यो कुरा इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको ‘बृहत् उद्घाटन समारोह’ लाई सम्बोधन गर्दैगर्दा भनेका हुन् । कलाकारहरूको जम्बो टोलिसहित झापाको बेलडाँगी २ स्थित शरणार्थी सिविरमा आयोजना भएको कार्यक्रममा राई प्रमुख अतिथि रहेका थिए । हेर्नुस् उक्त भिडियो ।

कलाकारहरूको नाम लिने क्रममा सुरुमै रचनाको नाम लिदै यी सब कुरा बोलेका हुन् । राईले रचनाको गायिकी कलाको प्रसंशा गर्दै उनलाई बिजेता नै भएको हेर्ने इच्छा रहेको तर सो इच्छा पूरा नभएपनी चटपटे बेच्दै गाएको गीतहरुलाई आफुले धेरै शेयर गरेको राईले बताए । रचनाको अन्तरबार्ता दिने शैलीको पनि चर्चा गरेका मुख्यमन्त्री राई मञ्चमा बोल्दै गर्दा उनलाइ कलाप्रेमी हो भन्न सकिने अवस्था थियो । कार्यक्रममा उपस्थित कलाकारहरूको नाम लिदै उनिहरुको बारेमा समेत ठट्टा गर्दै भन्न भ्याए । कलाकारहरुको कमेन्ट पढ्ने र भ्याएसम्म अन्तरबार्ता हेर्ने गरेको सुनाए ।

सो कार्यक्रममा भुटानी शरणार्थीहरुको लागि इन्ट्राले बनाईदिएको भवन उद्घाटन, ‘मेरो डान्स कप यु एस ए’ चौथो सिजन र ‘मेरो भ्वाइस कप यु एस ए’ दोस्रो संस्करणको विशेष सुभारम्भ गरिएको थियो । कार्यक्रमको बिषयवस्तुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुटानी शरणार्थीको व्यवस्थापनका निम्ति प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय र पहल गर्ने बताए । उनले शरणार्थीहरुलाई आफ्नै मुलुक पठाउने वा नेपालमै पुनर्वासको व्यवस्था मिलाउने बिषयलाई सरकारले गम्भीरतापुर्वक लिएको जानकारी दिए । उनले शरणार्थीहरुसँग कुनै व्यक्तिगत पहिचान नभएकाले पनि उनीहरु क्षेत्रगत सहभागिताबाट बञ्चित रहँदै आएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया