इटहरी/ मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’का सबै कुरा बिर्सिएर आकाश श्रेष्ठ र पूजा शर्माले ठुम्का लगाए, यी २ संगै पुष्प खड्का र गरिमा शर्मा पनि संगै होस्टेमा हैसे गरिरहेका थिए । यो रियल लाईफ़मा नभएर रियल लाईफ़मा भएको कुरा हो । अस्मिता अधिकारी र निशान भट्टराईको आवाजमा सजिएको निकै नै मिठो ‘किन होला बैमानी’ बोलको गीतको भिडियोमा यो जोडीहरुले ठुम्का हानेका हुन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।

गीतमा मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द, हरि लम्साल’को संगीत, उदयराज पौडेलको संगीत संयोजन, चन्द्र चौधरीको मिक्सिङ रहेको छ । भिडियोमा निर्देशन तथा नृत्य निर्देशन शिव बि:क, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, सम्पादन बिष्णु खड्का’ को रहेको छ । गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ । गीतको भिडियोलाई बिके क्रियसन नामक यूट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया