इटहरी/ बिकाश लामिछाने र बिना राउत बीचको अन्स्क्रिन रोमान्सलाई प्रस्तुत गरिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ । टिका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियो दर्शकलाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

तपाईको प्रतिक्रिया