- सुवास संकल्प


इटहरी/ छोटो समयमै लोकप्रियता कमाउन सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भर्खरै सार्बजनिक एक अन्तरबार्तामा चिप्लिएकी छन् । उनले बलिउडका लोकप्रिय तथा नेपाली गीत अनि चलचित्रमा समेत नातासम्बन्ध जोडिसकेका लोकप्रिय गायक उदित नारायण झालाई नचिन्दा उनी चिप्लिएकी हुन् । उनले ‘कुन चाहिँमा छ त्यो उदित भन्ने ?’ प्रतिक्रिया दिएकी छन् । तर संगै रहेकी अर्कि अभिनेत्री उपासना शिह ठकुरीले भने ‘सिंगर हो क्या’ भन्दै हात जोड्दै झालाई सम्झिएकी छन् ।

यता प्रस्तोताले ‘उदित नारायण झा भन्ने थाहा छैन ?’ भन्ने प्रश्न गर्दा साम्राज्ञी ट्वा पर्छिन् । उनलाई अझै सहज बनाउन प्रस्तोताले उदितको ‘पेहेला नसा’ गीत गाईदिन्छन् । त्यसपछि उनले ‘मलाइ त्यो गीत थाहा छ’ भन्छिन् । तर, पनि यति प्रतिष्ठित गायकलाई नचिन्नु लज्जास्पद भएन र साम्राज्ञी जि ? । गीत थाहा हुने र त्यही गीतको गायक नचिन्ने । त्यो पनि संगीत र सिनेमा उधोग आफैमा अन्जान छैन । यो एकै रथका दुई पाङ्ग्रा भने झै हो । यत्ती भैसक्दा पनि साम्राज्ञीले आफू चिप्लिएको प्रती कुनै लज्जाबोध गर्दिनन् र कुनै प्रतिक्रिया पनि दिदैनन् ।

तपाईको प्रतिक्रिया